• २०८३ जेष्ठ ३१ गते आइतवार

आर्थिक मामिला तथा योजना मन्त्रीमा तामाङ नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, कैलाली । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ नियुक्त हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभएको हो । यसैगरी आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त हुनुभएको छ ।

नव नियुक्त मन्त्री तामाङलाई प्रदेश प्रमुख गङ्गाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराए लगत्तै दुवैले मन्त्रालय पुगेर पदभार सम्हानुभएको छ । तामाङ तत्कालीन नेकपा (एमाले)बाट कञ्चनपुरबाट निर्वाचित सांसद हुनहुन्छ भने बोहरा बझाङबाट समानुपातिक सांसद हुनुहन्छ ।

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त- सुदूरपश्चिम - कान्तिपुर समाचार

सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । मन्त्री तामा र बोहोरा दुबै नेकपा९एकीकृत समाजवादी० पार्टीमा आवद्ध हुनुहुन्छ । भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस