• २०८३ बैशाख २६ गते शनिवार

बालाजुलाई प्रतियोगिताको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ । बालाजु तेक्वान्दो डोजाङले प्रथम मैत्रीपूर्ण अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । आठ स्वर्ण, एक रजत र ६ कास्यका साथ बालाजु च्याम्पियन बनेको हो ।

तेक्वान्दो डोजाङका आयोजनामा टोखामा भएको उक्त प्रतियोगितामा नागार्जुन तेक्वान्दो डोजाङ ६ स्वर्ण, सात रजत र १२ कास्यसहित दोस्रो भयो । यस्तै आयोजक फ्रेन्डसिप ‘ए’ले पाँच स्वर्ण, सात रजत र पाँच तथा ‘बी’ले एक स्वर्ण, तीन रजत र तीन कास्य पदक प्राप्त गर्‍यो । प्रतियोगितामा पुरुषतर्फ आयोजक टोलीका सोहन श्रेष्ठ तथा महिलातर्फ मैजुकुमारीकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । धर्मस्थलीले उदीयमान टोलीको उपाधि जित्यो भने एपीएस स्कुल अनुशासित टोली घोषित भयो ।

विजेतालाई काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्का, टोखा नगरपालिका–२ का वडाध्यक्ष दीपकराज जोशी, गजराज मेमोरियल ट्रष्टका अध्यक्ष मनीषराज जोशी, प्रतियोगिता संयोजक सानुबाबु महर्जन, आयोजक डोजाङका प्रमुख सुसन श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा एक सय २० खेलाडीले २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
–––

Sharing

प्रतिक्रिया दिनुहोस