भदौ ३१,सुनसरी । सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीमा ट्रिफरको ठक्करबाट बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत कुचबिहार घर भएका रघुपुल इस्लामको छोरी ९ वर्षीया ममिता इस्लाम रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जयबाबा इँट्टाभट्टाको को १ ख ५४५१ नं को ट्रिफरले सोही इटाभट्टामा कार्यरत इस्लामलाई ठक्कर दिएको थियो ।
ट्रिफरको ठक्करबाट इस्लामको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिफर र त्यसका चालक धनकुटा शहीदभूमि–४ का ३० वर्षीय हेमराज राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।