• २०८३ बैशाख ८ गते मङ्गलवार

संसदमा सभामुख सापकोटाको सुरक्षामा तीन मर्यादापालक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी हुन थालेपछि सभामुख अग्निप्रसाद सापकोटालाई तीनजना मर्यादापालकले सुरक्षा दिन थालेका छन् । एमाले सांसदको चर्को नाराबाजी र सांघातिक आक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सभामुख सापकोटाको सुरक्षामा तीनजना मर्यादापालक खटाइएको हो ।

आइतबार बसेको बैठकमा सभामुख सापकोटा पछाडि उभिएर तीनजना मर्यादापालकले सुरक्षा दिइरहेका छन् । गत शुक्रबारको बैठकमा सभामुख सापकोटालाई एमाले सांसद रेखा झाले माइकले हान्ने सार्वजनिक अभिव्यक्ति दिएकाले उनको सुरक्षामा ३ जना मर्यादापालक राखिएको हो । यसअघि बैठक चलिरहँदा सभामुख सापकोटा पछाडि एकजना मर्यादापालक उभिएर सुरक्षा दिने गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस