• २०८३ जेष्ठ ५ गते मङ्गलवार

एमाले स्थायी कमिटी बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ। शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा बैठकका कारण स्थगित भएको थियो।

शुक्रबार स्थगित बैठक अहिले केही बेरमा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठककालागि विधान महाधिवेशन र चालु संसद्मा पार्टीको भूमिका गरी दुईवटा मुख्य एजेण्डा तय गरिएको छ।

असोज ४ देखि ६ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने तयारी गरेको एमाले प्रतिनिधि, दस्तावेज तथा व्यवस्थापनको तयारीमा जुटिसकेको छ। त्यस्तै‚ पार्टी विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अवरोध गर्दै आएको छ। एमाले संसदीय दलले पार्टीले कारबाही गरेका १४ जनालाई सांसदको रुपमा स्वीकार नगर्ने निर्णय नै गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस