भदौ, २४ काठमाडौं । बिना लाइसेन्स क्यान्सरको औषधि बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरको छ।
बूढानीलकण्ठ गल्फुटार क्षेत्रबाट करिब नौ लाख बराबरको औषधिसहित सोही क्षेत्रमा बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
उनले भारतमा रहेका आफन्तमार्फत उक्त औषधिहरू मगाई लामो समयदेखि काठमाडौंका बिभिन्न औषधि पसल, अस्पताल तथा क्यान्सर रोगका बिरामीहरूलाई गैरकानुनी रुपमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ।
भण्डारीलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाइएको महाशाखाले जनाएको छ।
