• २०८३ जेष्ठ २ गते शनिवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । काठमाडौ महानगरपालिका-१६ स्थित होटलबाट २२ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र १ थान डिजिटिल तराजु सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया, बारबर्दिया नगरपालिका(९ ठेगाना भएका ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका-७ ठेगाना भएका २५ वर्षीय रमेश थारु रहेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित धादिङ सिद्धलेक गाउँपालिका-२ ठेगाना भएका २६ वर्षीय ईश्‍वर ईटनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । साथै उक्त लागूऔषध कारोबारमा संलग्न झापा बिर्तामोड नगरपालिका(९ ठेगाना भएका ३३ वर्षीय रन्जित राजवंशीलाई समेत झापाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस