• २०८३ जेष्ठ २ गते शनिवार

नेपाली कांग्रेस बाहेकका तीन पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस बाहेकका तीन पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच हात्तीवनमा भेटवार्ता भएको हो।

एमसिसीको बिषयमा पनि गठबन्धनमा विवाद उत्पन्न हुने संकेत देखिएको छ। प्रधानमन्त्री देउवा एमसिसी अगाडि बढाउने पक्षमा छन्। तर, प्रचण्ड संशोधनबिना संसदबाट पास गर्न नहुने अडानमा छन्। एमसिसीले गठबन्धनमा विवाद सुरु हुने परिस्थिति बनेको बेलामा देउवाबाहेकको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ। भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। स्रोतका अनुसार भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तार र अमेरिकी परियोजना (एमसिसी)को बिषयमा पनि छलफल भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस