• २०८३ असार ११ गते बिहिवार

खुकुरी प्रहार गरेको अभियोगमा १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । प्रहरीले खुकुरी प्रहार गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर बस्ने काभ्रे नमोवुद्ध घर भएका १८ वर्षीय संगित कुँवरलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं हसनटार बस्ने काभ्रे धुसेनी घर भएका २० वर्षीय दोर्जे तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

टंकेश्वर निलबाराहीस्थित मासु पसलबाट खुकुरी खोसेर संगितलाई प्रहार गरी फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले नागर्जुन नगरपालिका-७ हसनटारमा फेला पारी पक्राउ गरेको हो । घाइते संगितको काठमाडौं ट्रमा सेन्टरमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस