• २०८३ बैशाख १६ गते बुधवार

‘नयाँ नक्सा जारी गरेपछि सरकार ढाल्ने प्रयास सुरु भयो’ : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बिग्रिएका केही व्यक्ति र माधव नेपालको पछि लानेहरूले मन्त्री बेच्न आइरहेको आरोप लगाएका छन्। कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टीमा बिग्रिएका माधव नेपालको पछि लाग्ने मान्छेहरू मन्त्री बेच्न आइरहेका थिए।

खाउन् तिमीहरूलाई पुगेको छैन। एमालेका कार्यकर्ता खान मात्रै होइन। देश बनाउने सोचमा छन्।’ आफ्नाे नेतृत्वकाे सरकारले समृद्धिको काम गरेपछि ढाल्ने प्रयास सुरु भएको बताए।

ओलीले भने, ‘हामीले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत भूमिसहितको नक्सा प्रकाशित गरेपछि सरकार ढाल्ने प्रयास सुरु भयो। माधव नेपाललाई पार्टी नफुटाइन भएन। त्यसैले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खेल सुरु गरे।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाललाई संकेत गर्दै ओलीले लामो समयदेखि पार्टीभित्र आत्मकेन्द्रित र व्यक्ति स्वार्थको लागि आफ्नो फाइदाको लागि भन्दा बाहिर नहेर्ने स्वभाव रहेको आरोप लगाए। ‘एमालेविरुद्ध एक्लै लड्न सकेनन्। उनीहरूले छाडे। देउसी खेल्दा भन्छन् नी ५ भाइ जम्मा अहिले चाहिँ ५ भाइ जम्मा भए क्यारे’ ओलीले भने।

Sharing

प्रतिक्रिया दिनुहोस