भदौ, २२ काठमाडौं । अवैध लागूऔषध गाँजा सहित ७४ वर्षीय वृद्धलाई प्रहरीले माेरङमा पक्राउ गरेकाे छ ।
मोरङकाे बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको हाे ।
साेमबार दिउसो ११ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय आरटिआइ समूहबाट खटिएको प्रहरी टोलीले सहनीको घरबाट गाँजा ७ केजी ४४५ ग्राम बरामद गरेको हो ।
सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीकाे भनाइ छ ।