• २०८३ असोज ५ गते सोमवार

नेपालगन्ज बिमानस्थलबाट ४ किलो सुन गहनासहित २ जना पक्राउ

 महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

 भदौ १८, बाँके । श्री एयरलाईन्सको जहाजबाट काठमाडौंबाट आएका दुई युवा नेपालगन्ज बिमानस्थलमा ४ किलो काँचो सुन र अढाई तोला गहनासहित पक्राउ परेका छन् । झापाका अमिरलगुन विक र मोरंगका बुद्धिमान खाती पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानले काँचो सुन ४ किलो, ५ वटा लकेट र १ वटा सुनको बालासमेत बरामद भएको बताए ।

पक्राउ परेका युवाहरुले आफूहरु सुन व्यवसायी भएको बताएका छन् । घटना बारे सुक्ष्म अध्ययन भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस