भदौ १६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार थप ३ हजार ३० जना डिस्चार्ज भएका छन ।

योसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख १९ हजार ३ सय ३६ जना रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या १० हजार ७ सय ७० जना पुगेको छ ।