भदौ १४, काठमाडौ । नेकपा एमाले तारकेश्वर नगर कमिटीको आयोजनामा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी तथा वडा कमिटी गठन तथा सपथ कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय युवा संघको तारकेश्वरमा ५५ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपालको तारकेश्वर नगरकमिटीमा अध्यक्ष सुमन महर्जन, उपाध्यक्ष अजित बानिँया, सचिव सुरज कुमार भट्टराई, सहसचिव केदार खत्री र कोषाध्यक्ष सामान महर्जन सहित ५५ सदस्यिय नगर कमिटी निर्माण गरिएको छ । साथै तारकेश्वर वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्षहरुमा क्रमश प्रकाश अधिकारी, गणेश अधिकारी, रामकृष्ण घिमीरे, अमन श्रेष्ठ, पवन फुयाँल, प्रविण महर्जन, शुशान्त थापा, विजय तामाङ, सुनिल महर्जन, दिलकुमार महर्जन रहेका छन ।
कार्यक्रममा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष अमित लामा, स्थायी कमिटी सदस्य अमित पौडेल, सचिवालय सदस्य तथा काठमाडौं संयोजक सन्तोष अर्याल तथा केन्द्रिय सदस्य राजेश गजुरेलले सम्बोधन गर्न भएको थियो । 
कार्यक्रममा नेकपा एमालेका काठमाडौं जिल्ला सचिवालय सदस्यहरु लेखनाथ फुँयाल, नगर प्रमुख रामेश्वर बोहोरा र बागमती प्रदेस सभा सदस्य तथा पुर्व भौतिक पुर्वाधार मन्त्री केशव स्थापितले संबोधन गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व नगर संयोजक बासु गौतमले गर्नु भएको थियो भने कार्यक्रम संचालन नगर कमिटी सदस्य तथा ९ नं. वडा अध्यक्ष बलराम सिटौलाले गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल प्रमुख अतिथि रहेका थिए । अन्य अतिथीहरुमा बागमती प्रदेस सभा सदस्य तथा पुर्व भौतिक पुर्वाधार मन्त्री केशव स्थापित, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, राष्ट्रिय युवा संघका उपाध्यक्ष तथा बाग्मती प्रदेश ईन्चार्ज अमित लामा, नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका नेताहरु, राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य अमित लामा, सचिवालय सदस्य तथा काठमाडौं संयोजक सन्तोष अर्याल, केन्द्रिय सदस्यहरु राजेश गजुरेल, श्यामकृष्ण महर्जन, रामकुमार अधिकारी अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सुमन कार्की लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा तारकेश्वरका विभिन्न वडाका जनप्रतिनिधिहरु नेकपा एमालेका विभिन्न तहका नेताहरू उपस्थिति रहेका थियो।