• २०८३ बैशाख १३ गते आइतवार

अवैध लागूऔषध खैरो हेरोईन सहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

भदौ १३, काठमाडौं । अवैध लागूऔषध खैरो हेरोईन सहित ७ जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया मधुवन नगरपालिका-८ ठेगाना भएका ३२ वर्षीय राजेन्द्र राना, सोही ठाउँ बस्ने मन्दिप शर्मा, बर्दिया गुलरिया नगरपालिका-२ ठेगाना भएका ३५ वर्षीय अकलेश यादव, नुवाकोट ककनी गाउँपालिका-५ ठेगाना भएका पिटर लामा, काठमाडौं टोखा नगरपालिका-६ ठेगाना भएका ३० वर्षीय जितु भन्ने सागर श्रेष्ठ, धादिङ नेत्रावती गाउँपालिका-४ ठेगाना भएका ३६ वर्षीय गोकुल तामाङ र धनकुटा खाल्सा शहिदभुमी गाउँपालिका-५ ठेगाना भएका ३० वर्षीय राज कुमार राई रहेका छन् ।

उनीहरूमध्ये राजेन्द्र, मन्दिप, अकलेस, पिटर र सागरलाई २७.५ ग्राम लागूऔषध खैरो हेरोईन सहित भदौ ४ गते तथा गोकुललाई ४.५ ग्राम र राज कुमारलाई ७०.५ ग्राम लागूऔषध खैरो हेरोईन र डिजिटल तराजु सहित भदौ ८ गते लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये ६ जना उपर काठमाडौं जिल्ला अदालतबाट र १ जना उपर जिल्ला अदालत बर्दियाबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस