भदौ ७, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एक भाले गैडा मृत भेटिएको छ । निकुञ्जका अनुसार निकुन्जको पश्चिमी सेक्टर मातहतको कोर इलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रको नारायणी नदीको बाहिरी भंगलाको किनारमा गैंडा मृत फेला परेको हो ।
निकुञ्जका अनुसार अन्दाजी दश वर्षको देखिने उक्त गैडा दलदल तथा भासमा परि मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । गैडाको खाग खुर सुरक्षित रहेको छ ।
यस चालु आर्थिक बर्ष ०७८/७९ मा मात्र यो सँगै ७ गैडाको मृत्यु भएको छ ।