• २०८३ बैशाख २० गते आइतवार

‘भिजिविलिटी’ कम भएपछि काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 भदौ ७, काठमाडौं । गएरातीबाट पानी परेका कारण भिजिविलिटी (पारदर्शिता) कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित बनेको छ ।

सोमबार विहानै देखिको बर्षासँगै मौसममा खरावी हुदाँ भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेको हो ।

यान्त्रिक उडान भर्ने (आइएफआर) जहाजहरुका लागि समस्या नभएपनि आँखाले हेरेर उडान गर्ने (भिएफआर) जहाजहरुलाई भिजिवलिटी अपुग भएको हो ।

आँखाले हेरेर अवतरण हुने जहाजका लागि पाँच किलोमिटर भिजिवलिटी आवस्यकता पर्छ यि जहाजहरु अधिकांश साना जहाजका भएकाले भिजिवलिटी अपुग हुदाँ आन्तरिक उडान बढी प्रभावित बनेको हो ।

जहाज सुरक्षित अवतरण हुन पाँच किलोमिटर भिजिवलिटी आवस्यकता पर्ने तर विहानैदेखि तीन देखि चार किलोमिटर मात्र भिजिवलिटी रहेकोले सोमबार विहानै भरतपुर जाने जहाज मौसम खरावीकै कारण काठमाडौं फर्किएको थियो ।

सोमबार विमानस्थलले १२ वटा काठमाडौं अवतरण हुने र ११ वटा वाहिरी उड्ने गरी २३ वटा अन्तराष्ट्रिय उडान गर्ने अनुमती दिएको छ भने ९९ वटा अवतरण र १०० वटा वाहिरी उडान भर्ने गरी जम्मा १९९ वटा आन्तरिक उडान गर्ने गरी अनुमति दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस