रुकुम पुर्व, ७ भदौ । रुकुम पूर्वमा एक बालिकाकाे शव मृत अवस्थामा फेला परेकाे छ । जिल्लाको भूमे गाउँपालिका ३ मोराबाङमा ४ वर्षीया बालिकाकाे शव मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएकाे छ ।
मोराबाङ निवासी अर्जुन कुँवरकाे ४ वर्षीया छोरी प्रिया कुँवर गएराती ८ बजे घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बताए। बालिकाको मृत्युकाे कारण भने खुल्न सकेकाे छैन ।
घटना शंकास्पद देखिएकाले थप अनुसन्धान भैरहेको डिएसपी श्रेष्ठले बताए । बालिकाको शव पोष्टमार्टमका लागि रुकुम पूर्व अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएकाे छ ।