भदौ ६, मोरङ । मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर १ चिसापानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी नगरपालिका वडा नम्बर १ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीरहेका छन ।

शनिबार दिउसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी होली स्थित पैनीमा बिद्युतिय करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागि मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।