• २०८३ असार १२ गते शुक्रवार

उपत्यकामा ६६७ सङ्क्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो समय ६६७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको छ ।

मन्त्रालयका अनुसार बितेका २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ७२२ पुगेको छ । हालसम्म छ लाख ९५ हजार ९२५ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस