भदौ ३, काठमाडौं । प्रहरीले बाराबाट सात किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका(८ का ४५ वर्षीय अमितकुमार कुर्मी र ५० वर्षीय वासुदेव महतोलाई जितपुरसिमरा(१५ स्थित दुधौरा खोलाको बगरबाट बिहीबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

उनीहरूले दुई पोकामा सात किलो गाँजा बोकेका थिए। दुबैलाई लागुऔषध गाँजा शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखिएको कुँवरले बताए।