भदौ २, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले आज राति ९ बजे सपथ ग्रहण गरेकी छन्। प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य आजै नयाँ संसदीय दलको नेता चुनिएकी हुन्।

एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्। नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्।