• २०८३ बैशाख ३१ गते बिहिवार

माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौं । दल विभाजनका लागि सहज हुने गरी नयाँ अध्यादेश जारी भएकै दिन बुधबार वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी नामक दल दर्ता भएको छ। दल दर्ताका लागि नेपालसहितका नेताहरु निर्वाचन आयोग पुग्नुभएको थियो ।

निवेदनमा पार्टीको चुनाव चिह्न भने टुंगो लाग्न सकेन । ‘खुला किताब’ प्रस्ताव गरिए पनि उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘छड्के परेको किताब’सँग मिल्दो जुल्दो हुने भएकाले टुंगो नलागेको हो । नयाँ दलमा एमालेका दोस्रो तहका नेताहरु जान अस्वीकार गर्नुभएको छ ।

नेपाल समूहमा रहनुभएका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, बामदेव गौतम, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भूसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यसहितका नेताहरुले साथ छाड्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस