• २०८३ बैशाख ९ गते बुधवार

ठुलाछहरा खानेपानी योजना अलपत्र, काम गरेको ज्याला पनि पाएनन्

जितेन्द्र थापा पढ्न लाग्ने समय : ३ मिनेट

साउन २९, सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ३ मा रहेको माचखर्क ठुलाछहरा खानेपानी योजना अलपत्र परेको छ । गएको आर्थिक वर्ष २०७५/०७६ मा १ करोड पन्ध्रलाखमा सम्पन्न हुने भनेर संचालन भएको खानेपानी योजना तीन वर्ष पुगिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

माचखर्क ठुलाछहरा खानेपानीका सचिब नेम बहादुर दशाैंदीका अनुसार करिब १२ वटा टयांकि ७८ वटा धारा बनाउनुपर्नेमा १० वटा धारा १२ घनमिटरको १ टयांकि १० घनमिटरका दुइ टयांकि दुइ घनमिटरका ३ वटा टयाकि बनाएर योजना अलपत्र पारेको उनले बताए । खानेपानि योजनामा ठाटीकाँध गाउँपालिकाका सब इनिजनिएर लबराज कठायत र ठेकेदार उपेन्द्र बोहोराको लापरर्बाहीले उक्त योजना अलपत्र परेको दशौँदीको भनाई छ । ‘प्राविधिकलाई बारम्बार खानेपानि योजनाको स्टमिट उपलब्ध गराइदिनु भन्दापनि स्टमिट उपलब्ध नगराएको । पछि पटक पटक गाउँपालिका धाएपछि साँझ स्टमीट ल्याएर गाउँमा आएर बिहान स्टमीट नै हरायो भनेर प्राबिधिकको टोली फर्केपछि आफुहरु थाकेर बसेका छौँ ।’ आफुले काम सकिसकेको र प्राबिधिकले अनुगमन गरेर आएपनि गाउँपालिकाले भुक्तानी नदिएको ठेकेदार उपेन्द्र बाहोराको भनाई छ ।

बोहोराकाअनुसार भ्याट सहित ९३ लाखको योजना हो आफुले ६० लाख पाउनुपर्ने हो स्टमीट अनुसार ७८ वटा धारा बनाउनुपर्ने हो बजेट कम भएकाले आफुले २० वटा धारा बनाइसकिएको इन्जिनियरले अनुगमन पनि गरिसकेको तर गाउँपालिकाबाट आफुले भुक्तानी नपाएको बोहोराको गुनासो छ । यस विषयमा गाउँपालिकाका सव इन्जिनिएर लवराज सिजापतिसँग बुझ्दा काम सम्पन्न भयो कि भएन आफुलाई कुनै जानकारी नभएको र एकचोटी स्वही ठाउँमा हेर्नुपर्ने गैरजिम्मेवार जवाफ दिए ।

ठुलाछहरा खानेपानीको लागत स्टमीट कति हो भनेर पालिकाखरबाट बारम्बार जानकारी लिन खोज्दा पनि कहिले आफु सुर्खेत भएको स्टमीट पालिकामा छ भनेर जवाफ दिन्थे भने कहिलेहि केहीसमय पछि उपलब्ध गराउछु भन्दै टाल्दै गैरजिम्मेवार तर्क दिदै आएका छन् । यता ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाही भन्छन् गाउँपालिकामा पर्याप्त बजेट नभएकाले उक्त योजनालाई क्रमागत रुपमा राखिएको थियो । सोही अनुसार गाउँपालिकाले टेन्डर गर्दा विजय कन्ट्रक्सनले ठेक्का पाएको थियो । ठेकेदारले जिम्मा पाइसकेपछि काम नगरेर बिचैमा अलपत्र छोड्दा भुक्तानी नदिएको गाउँपालिका अध्यक्ष धीर बहादुर शाहीको भनाई रहेको छ ।

करिब तीनसयघरधुरी खानेपानीबाट बञ्चित,काम गरेको ज्याला पनि पाएनन्
माचखर्क खानेपानी योजना संचालन हुँदा काम गरेका मजदुरहरुले ज्यालासमेत पाएका छैनन् । दिनरात आफुले घाम पानि नभनेर लगातार काम गरियो तर अहिलेसम्म काम गरेको ज्याला समेत नपाएको ठाटीकाँध ३ का नाम बहादुर भण्डारीले बताए । उनले भने,‘दिउँसोको घाम पानी नभनेर दश दिन आफुले दश दिन छोराले गरेर बीस दिन काम गरियो तर अहिलेसम्म नत पैसा मिल्यो नत पानी पिउन नै मिल्यो ।’

यहाँका हामी स्थानीयले अहिलेसम्म काम गरेको ज्याला नै पाएका छन् नत पानी पिउन नै पाएका छन् अर्का स्थानीय भरत भण्डारीले भने । कहीँ कहीँ ठाउँमा पानि नजिक भएपनि नत्र आधा घण्टाको बाटो हिडेर पानि पिउनुपर्ने समस्या छ अहिले पनि करिब तीनसय घरधुरीभन्दा धेरैले पिउने पानी नपाएको भण्डारीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस