• २०८३ जेष्ठ २१ गते बिहिवार

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश भएको छ । मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरी गठबन्धनले आफ्नो सरकारको दाबी पेस गरेको हो ।

नयाँ सरकार गठनको लागि लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी प्रस्तुत गरेका हुन् । चारै दलको संसदीय दलको नेता, दलको निर्णय र सिफारिससहित प्रदेश प्रमुखकोमा गएका थिए । दलहरुको दाबीसहितको पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले समयसिमाभित्र अरुको दाबी आउने नआउने हेर्ने र मुख्यमन्त्रीको दाबीमाथि अध्ययन गरी नियुक्ति प्रक्रिया अघि बढाउने बताए ।

लुम्बिनी प्रदेशमा ८० प्रदेश सभा सदस्य छन् । सरकार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा धेरै दललाई बहुमतको सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस