• २०८३ बैशाख १३ गते आइतवार

काठमाडौंमा साउन २५ र २६ गते अस्ट्राजेनिका खोप लगाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २३ काठमाडौं । सरकारले काठमाडाैंमा साउन २५ र २६ गते अस्ट्राजेनिका खोप  लगाउने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै कोभिशिल्ड खोपको पहिलो मात्र लगाएकालाई दोस्रो मात्राका रुपमा अस्ट्राजेनिका खोप लगाउन लागेको जनाएको छ।

खोप लगाउनका लागि यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट लिएर गएकालाई मात्रै खोप लगाइने स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ।

हाल भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि तोकिएका खोप केन्द्रहरुमा नै अस्ट्राजेनिका खोप लगाइने बताइएको छ।

 

Sharing

प्रतिक्रिया दिनुहोस