• २०८३ जेष्ठ २ गते शनिवार

भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २३ काठमाडौं । बाँकेस्थित भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

बर्दिया गुलरियाका ५० वर्षीय पुरुष र बारबर्दियाका ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार गुलरियाका पुरुषको शुक्रबार राति र बारबर्दियाका पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

योसँगै बाँकेमा जिल्लाभित्रै ३२२ र अन्य जिल्लाबाट उपचारका लागि पुगेका ३८३ संक्रमितको मृत्यु भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस