साउन २३, काठमाडौं। बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको छ। प्रहरीका अनुसार नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो।
दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आयो नियन्त्रणका लागि हेलिकप्टरको समेत प्रयोग गरिएपनि यो समाचार बनाउदाँसम्म पनि आयो नियन्त्रणमा आएको छैन ।
आगलागीको कारण के भन्ने हालसम्म नखुलेको प्रहरीको भनाई छ।