साउन १९, काठमाडौं । चन्द्रागिरी नगरपालिकाबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट रुपन्देही सैनामैना नगरपालिका-७ घर भएका २० वर्षीय कृष्ण प्रसाद घिमिरेलाई नियन्त्रित लागूऔषध २ सय ३ ट्याब्लेट नाईट्राभेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १३९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।