• २०८३ असार १२ गते शुक्रवार

भरूवा बन्दुक सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, खोटाङ । प्रहरीले भरूवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको छ । दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका-१० पाखेका बस्ने ५९ वर्षीय पर्शुराम बाँनिया समेत ३ जनालाई ३ थान एकनाले भरूवा बन्दुक सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी चौकी तालखर्कबाट खटीएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस