साउन १०, दाङ । दाङमा प्रतिबन्धित बन्यजन्तु जरायोको ओखेटोपहार २ वटा सिंग सहित ३ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेका अनुसार पक्राउ पर्नेमा दाङस्थित बबई गाउँपालिका वडा नं. १ गंगटे बस्ने वर्ष २२ को जिवन घर्ति, सोहि वडा नं. ४ हापुरे बस्ने वर्ष ३९ को ईन्द« बहादुर के.सी र जिल्ला सल्यान शारा नगरपालिका वडा नं. ४ साईलाकम्दा बस्ने वर्ष २२ को बिनोद वलि रहेका छन् ।

प्रमुख काफ्लेका अनुसार आईतवार १० गते अन्दाजि करिव १ बजेको समयमा दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. ८ गहतेखोला नजिक जरायोको सिंग बिक्री गरिरहेका भन्ने गोप्य सूचनाको आधारमा दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जरायोको सिंग जस्तो देखिने ओखेटोपहारहरु २ वटा सिंग र २ वटा हाँगा भएको २ थान सहित ३ पक्राउ गरिएको बताए । पक्राउ गरेका उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान लागि जिल्ला वन कार्यालय बुझाईएको छ ।