• २०८३ बैशाख १६ गते बुधवार

भाडा समायोजन माग गर्दै यातायात व्यसायीले निकाले विरोध र्‍याली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ७ साउन । यातायत व्यवसायीहरुले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै विरोध र्‍याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालको आव्हानमा निकालेको र्‍याली यातायात व्यवस्था कार्यालय एकान्तकुना सम्म पुग्ने बताइएकाे छ।

जोरपाटी स्वयम्भु, लगायत ठाउँबाट निकालेकाे र्‍यालीले यतिखेर चावहिल,मित्रपार्क,गौशाला लगायत सडकमा सवारी साधन अस्तव्यस्त भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सर्भिस ट्रयाकबाट र्‍याली निकाल्न लगाएको बताए।

उनले भने,‘यातायात व्यवसायीहरुले बिहान स्वयम्भूबाट निकालेको र्‍याली एकान्तकुनासम्म पुग्ने छ,उनीहरुको कार्यक्रम सकिन लागेको छ।’

यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बीमा छुट,२० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्ने लगायत माग व्यवसायीहरुको छ।

Sharing

प्रतिक्रिया दिनुहोस