• २०८३ बैशाख २० गते आइतवार

बाँके कोहलपुरमा एक वृद्धाको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, बाँके। बाँकेको कोहलपुर नगरपालिका-११ एकतानगरका एक वृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिए ।

उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए । अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस