असार ३०, काठमाडौं । ललितपुर, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-३ पाटीस्थित डेरा गरी बस्ने महोत्तरी भगाह नगरपालिका-७ घर भएका ४० वर्षीय मदन कुमार सिंहथारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो सिंहथारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उदयपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-३ हडैया बस्ने २६ वर्षीय दुर्गा कुमार थापा मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।