असार ३०, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । हिजो दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थागित भएको थियो । सोही बैठक आज बस्न लागेको हो ।

आज बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमक रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ । आजकै बैठकबाट माधव समूह विरुद्ध निर्णय हुनसक्ने एमाले नेताहरुले अनुमान लगाएका छन् ।
प्रधनमन्त्रीका रुपमा अन्तिम सम्बोधनका क्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने नेपाल समूहप्रति कडा शब्दमा खेद प्रकट गरेका थिए ।आन्तरिक विवादमा रहेको एमाले सर्वोच्च अदालतले ओलीलाई हटाउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि झनै जटिल मोडमा पुगेको छ ।