• २०८३ बैशाख २० गते आइतवार

प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन (विवरण सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं । प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७७ असोज ३० गते प्रकाशित बिज्ञापन अनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा सोमबार प्रकाशन गरिएको छ ।

लिखित परीक्षामा उत्तीण हुने उम्मेदवारहरुको अन्तरवार्ता परीक्षा आगामी साउन ७ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरू प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा संचालन हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन बिकास बिभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ । साथै उक्त नतिजाको पूर्ण विबरण नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/07/pc-written-result-notice-2078-03-28.pdf”]

 

Sharing

प्रतिक्रिया दिनुहोस