• २०८३ कार्तिक ५ गते बुधवार

राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार मंगलबार संविधानको धारा ७६ ९५० अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन् । उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए । उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए । शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस