असार २७, रोल्पा । राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरले थबाङ गाउँपालिका द्धारा संचालनमा रहेको थबाङ आईसोलेसन सेन्टर झकेबाङमा निशुल्क अक्सिजन मिनी प्लान्ट जडान कार्य सम्पन्न गरको छ । १९ लाख ७४ हजार १० रुपैया कुल लागतमा जडान गरिएको अक्सिजन मिनी प्लान्ट राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरका बायोमेडिकल इन्जिनयर उमेश राई लगायतको समुहले थबाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्ती, प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, स्वास्थ्य संयोजक तुल बहादुर पुन र निमित्त अस्पताल प्रमुख राजकुमार बुढाले संयुक्त हस्ताक्षर गरी हस्तान्तरण गरेको छ ।

उक्त अक्सिजन मिनी प्लान्ट निर्माणमा १० लिटर क्षमताका ६ वटा, ५ लिटर क्षमताको १ वटा अक्सिजन कन्सन्ट्रेटर र आविस्कार केन्द्रमा निर्माण गरिएका सामानहरुको प्रयोग गरि निर्माण गरिएको हो । जडित अक्सिजन मिनी प्लान्टबाट प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन हुनेछ । यस अघि आविस्कार केन्द्रले स्याङजा, गोरखा, खोटाङ, सल्यान र कैलालीमा अक्सिजन मिनी प्लान्ट निर्माण गरिसकेको छ । विद्युत आपुर्ति नभएको समयमा विकल्पको रुपमा २ वटा ४७ लिटरका अक्सिजन सिलिन्डर स्वचालित रुपमा सञ्चालन हुने गरि अक्सिजन मिनी प्लान्ट जडान गरिएको हो । यसरी स्वचालित रुपमा सिलिन्डरबाट मिनी प्लान्टमा अक्सिजन प्रवाह हुने अक्सिजन मिनी प्लान्ट थबाङ नै पहिलो भएको अक्सिजन मिनी प्लान्ट राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरका बायोमेडिकल इन्जिनयर उमेश राई बताउनु भयो ।

अक्सिजन मिनी प्लान्ट जडान गर्न बायोमेडिकल ईन्जिनियर उमेश राईको नेतृत्वमा राई सहित ७ जना प्राविधिकको समूह थबाङ आएको हो । उक्त जडान कार्य असार २४ गते सुरु गरि २६ गते समपन्न भएको हो । कोरोनाको महामारीको समयमा थबाङमा अक्सिजन प्लान्ट जडान गर्नका लागि थबाङ २ का महेश काला मगर, उमेश बुढा मगरले विशेष पहल गर्नुभएको थियो भने आविस्कार केन्द्रका किशोर रिमाल र दान बहादुर घर्ति सँग थबाङ गा.पा स्वास्थ्य शाखाले समन्वय गरेपछि मिनी प्लान्ट जडान कार्य सफल भएको थबाङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुनले बताउनु भयो ।

गाउँपालिका द्धारा २० वेडको थबाङ आईसोलेसन सेन्टर संचालनमा रहेको छ भने ११ वटा वेडमा उक्त अक्सिजन मिनी प्लान्टबाट अक्सिजन प्रवाह गर्न सकिने गरी जडान गरिएको हो । आविष्कार केन्द्रको समूहलाई बिदाई गर्दै थबाङ गाउँपालिका अध्यक्ष घर्तीले धन्यवाद दिनुभएको हो । भौगोलिक बनौटले दुर्गम रहेको थबाङला यसरी आविष्कार केन्द्रले निशुल्क रुपमा अक्सिजन मिनी प्लान्ट जडान गरिदिएको थबाङ गाउँपालिका ऋणी भएको बताउनु भयो। अध्यक्ष घर्तीले अगामी दिनमा पनि स्वास्थ्य क्षेत्र विकासको लागि राष्ट्रिय अविस्कार केन्द्रबाट थप सहयोगको अपेक्षा गरेको समेत बताउनु भयो ।

यस अघि पनि राष्ट्रिय आविस्कार केन्द्रले थबाङ आईसोलेसनलाई ५ लिटर क्षमताका ५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिसकेको थियो भने कोरोनाको पहिलो चरणमा ८ थान पिपिई सेट सहयोग गरेको थियो ।
हाल निरन्तर थबाङ गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखा र जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङमा कार्यरत स्वास्थयकर्मी र सरसफाइकर्मीबाट नियमित रुपमा स्वास्थ उपचार भैरहेको छ भने आईसोलेसन केन्द्रमा रहेका विरामी र विरामी कुरुवाहरुलाई युवा संघ नेपाल थबाङले निशुल्क खानाको व्यवस्था गर्दै आएको छ।