• २०८३ जेष्ठ २२ गते शुक्रवार

आरबिबी म्युचुअल फण्ड-१ आजदेखि बिक्रीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौं। आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड-१ को बिक्री खुला भएको छ। यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक हो।

अंकित मूल्य १० का दरका १० करोड इकाइ जारी गरिने छ। यसमध्ये एक करोड ५० लाख इकाइ वा कूल बिक्री भएको इकाइको संख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ। बाँकी रहेको आठ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ।

म्यचुअल फण्डको इकाइमा न्यूनतम १०० कित्तादेखि अधिकतम रु एक करोड इकाइसम्म आवेदन दिन सकिने छ। निष्काशन तथा बिक्री छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बन्द गरिने छ। यो योजना कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबिबी मर्चेन्ट बैकिङ लिमिटेड हुने गरी ‘आरबिबी म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो।

यस योजनाको समयावधि सात वर्ष रहेको छ। कम्पनीले सात वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सञ्चालन गर्न लागेको यो पहिलो सामूहिक लगानी कोष योजना हो। -रासस

Sharing

प्रतिक्रिया दिनुहोस