• २०८३ जेष्ठ १८ गते सोमवार

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, रुकुम (पूर्व) । पुथाउत्तरगंगा गाउँपालिका-४ घुन्मा बस्ने २९ वर्षीय लजिम बिकको कुटपिटबाट मंगलबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ४१ वर्षीय धर्मजित र उनीबीच एक आपसमा झगडा हुँदा धर्मजितले कुटोले टाउकोमा प्रहार गर्दा लजिमको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय रन्मामैकोटबाट खटिएको प्रहरीले धर्मजितलाई नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस