असार २२, कालिकोट। कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन । प्रहरीलका अनुसार चालकसहित १२ जना सवार रहेका क १ ज २३ नम्बरको जिप रास्कोट नगरपालिका वडा नम्बर ६ सन्नीघाटमा आज बिहान दुर्घटना हुँदा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको हो ।

दुर्घटनामा चार जना घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ओरालो सडकमा अनियन्त्रित भएर जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।