असार १८, भक्तपुर। १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ परेका छन । महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा पक्राउ गरेको र उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।