असार १८, दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा नयाँ डीएसपी श्याम अर्याल आएका छन् । उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत थिए । डीएसपी अर्यालले शुक्रबार तुलसीपुरमा पत्रकारसँग कुराकानी गर्दै तुलसीपुरको शान्तिसुरक्षाका बारेमा सुझाव लिए ।

पत्रकाहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न सुझाव दिए । तुलसीपुर शान्तिसुरक्षाका हिसाबले अति संम्बेदनशील छ ।ञपत्रकारहरूले भने,झकसैको प्रभाव र दबाबमा नपरेर शान्तिशुरक्षामा खटिनुहोला ।ञ
डीएसपी अर्यालले आफु तुलसीपुरको शान्ति सुरक्षामा प्रतिबद्ध भएको भन्दै कानुन मिचेर काम गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाए । उनले भने,झअपराधीलाई कार्वाही गर्ने प्रहरीको काम हो । म त्यसै अनुसार काम गर्छु । डीएसपी अर्यालले तुलसीपुरको मुख्य चुनौती जुवातास,बेश्यावृती,अबैध उत्खनन र लागूऔषध सेवन तथा कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताए ।
मातहतका चौकीले व्यवसायी बाट पेट्रोल मागेको गुनासो आएको भन्दै आफूले आइन्दा कसैसँग पेट्रोल नमाग्न चौकी इन्चार्जहरूलाई निर्देशन दिएको समेत डीएसपी अर्यालले बताए ।