असार १८,कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाले कपिलवस्तु नगरपालिका वडा नं.४ पिपरी स्थित नहर बाट प्रहरीले भारतीय अबैध भैंसी पक्राउ गरेको छ ।

भारतबाट भैंसीहरु खरिद गरी अवैध तरिकाले नेपाल ल्याई नेपाल भारत सिमावर्ती ईलाका नजिकबाट लु २ च ७४६० नं।को पिक अप भ्यान मा लोड गरी ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दै जांदा गाडी भित्र २ वटा पाडा र २ वटा भैसी लोड गरेको अवस्थामा फेला पारी गाडी र चालक लाई प्रहरीले नियन्त्रण नियन्त्रणमा लिएको डिएसपी धर्मराज भण्डारीले जानकारी दिनु भयो ।
अबैध रुप मा भैंसी बरामद गरि आवश्यक कारवागरी को लागि कृष्णनगर भन्सार कार्यालय पठाईएको डिएसपी भण्डारीले बताउनु भयो ।