• २०८३ असार ८ गते सोमवार

इतिहासमै पहिलो पटक घाट गाउको आँगनमा पानी खस्यो

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार १८ मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १ घाट गाउँका घरघरमा पानीका धारा जडान भएका छन् । परापुर्वकाल देखिनै गाउँबाट आधा घण्टा टाढाको कर्णाली नदिको पानीखाँदै आएका घाट गाउँका स्थानीयका घरघरमा खानेपानीका धारा जडान गरिएको हो ।

घाट गाउँमा ४२ घरधुरी रहेकाछन् । पुस्तौंदेखि उनीहरुले घरधुरी गाउँदेखि आधा घण्टा टाढाको घर बाट तल कर्णालीनदिकोे खानेपानी प्रयोग गर्दै आएका थिए । खानेपानी अभाव भएपछि प्रदेश सरकार मार्फत रहेको पुर्वाधार विकास कार्यालय मुगुको आर्थिक सहयोगमा धारा जडान गरेको हो । कार्यालयको कुललागत २५ लाख , १० हजार र सम्झौता रकम १५ लाख ९९ हजार र जनश्रमदान बाट ५ लाख १८ हजारको लागतमा आरसिसी ट्यांकीसम्मको पाइपलाइन निर्माण गरेको पुर्वाधार विकास कार्यालय मुगुका प्राविधिक अंख बुढाले बताए । पुर्वाधारको आर्थिक सहयोगमा ५ सय जना जनसंख्या भएको उक्त गाउमा सुविधा सम्पन्न ६ वटा धारा निर्माण भएका हुन । ४२ घरधुरीका अतिरिक्त १ वटा धारा सार्वजिनक र प्रत्येक घरधुरी गरि ६ वटा खानेपानीको धारा निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको बुढाको भनाई छ ।

गाउँमा खानेपानीको पहुँचपुगेपछि स्थानीयले उपभोग गर्न थालेको घाट गाउँमा ‘एक घर एक धारा’निर्माण भएको घाट खानेपानी उपभोक्ता समितिकि अध्यक्ष गौरीकला मल्लले बताईन । उनले भनिन “विगतका दिनहरुमा यहाका स्थानीयले कर्णालीनदिको पानिखादै आईरहेका थिए, गाउँमै धारा जडान भएपछि अब ढुंगेधारा जानुपर्ने बाध्यता हटेको छ । प्रत्येक घरमा सुरक्षित खानेपानीका धारा निर्माण भएपछि घाट गाउँलाई जिल्लामै पहिलो पटक नमुना खानेपानी आयोजनाको धारा निर्माण भएको कार्यालयले दावि गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस