• २०८३ जेष्ठ ३० गते शनिवार

कार्यसमितिलाई आच आउने गरि समाचार सम्प्रेषण भएकोमा नेका राजपुरको घोर भत्सर्ना

मेगमन बुढा पढ्न लाग्ने समय : १ मिनेट

असार १७, दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँ समितिलाई आच आउने गरि समाचार सम्प्रेषण भएकोमा समितिले घोर भत्सर्ना गरेको छ । समितिका सभापति सरद कुमार बुढाथोकीले सोमबार एक प्रस विज्ञप्ती जारी गरेर समितिलाई आच आउने खालको समाचार प्रति घोर भत्सर्ना जनाउनु भएको हो ।

त्यस्तै बुढाथोकीले आज प्रेस विज्ञप्ती जारी गर्दै यस्तो भन्नू भएको छ । गणतन्त्र राष्ट्रिय दैनिक पत्रीकामा मिति २०७८र३र१४ गतेको दिन नेपाली काङ्ग्रेस राजपुर गाउँपालिकाको कार्य समितिलाई आच आउने गरि गलत लालछना लगाइ गणतन्त्र पत्रीकाका देउखुरी प्रतिनिधि शिवु खनालले दिएको समाचारको घोर भत्सर्ना गर्दछौं ।

पत्रकार भएर सत्य तथ्य नबुझी एक पक्षिय समाचार सम्प्रेषण गर्नु असल पत्रकारीताको चरीत्र भन्दा बाहिरको कुरा हो । उक्त घटनाको बारेमा सम्मानित दाङ देउखुरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए बमोजिम कार्वाहीको माग तथा पीडितले न्याय पाउन भन्ने माग समेत यसै विज्ञप्ती मार्फत गर्द छौं । साथै स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गर्ने प्रक्रियालाई समेत यो समाचारले शंका उपशंका गरेको आभास हुने आपत्ति जनक छ । स्वतन्त्र प्रशासनलाई स्वतन्त्र निस्पक्क्ष काम गर्न दिनु हामी सबैको कर्तव्य हो विज्ञप्तीमा भनिएको छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस