• २०८३ साउन २९ गते शुक्रवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, काठमाडौं । मोरङ, वेलवारी नगरपालिका-१ माछा हटियाबाट नियन्त्रित लागूऔषध १७ एम्पुल डाइजेल्याप, १७ एम्पुल फेनारगन, १७ एम्पुल एभिल र १७ एम्पुल लुपिजेसिक सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वेलवारी नगरपालिका-१ बस्ने २५ वर्षीय रिकल कोईराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र ३५ वर्षीय सुरज गुरुङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्नेक्रममा को.१७ प ४७२ र को.३० प ५६१ नम्बरका २ वटा मोटरसाइकलमा सवार उनीहरूलाई प्लाष्टिकभित्र टेपले वेरी लुकाई बोकेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, गोलबजार नगरपालिका-४ गोलबजार बस्ने २४ वर्षीय आशिष कुमार साहलाई करिब ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । आशिषले आफ्नै घरको पछाडी बारीमा लागूऔषध सेवन गर्दै गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस