• २०८३ बैशाख २१ गते सोमवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, काठमाडौं । झापा, कन्काई नगरपालिका-८ लक्ष्मिपुरस्थित सडकबाट नियन्त्रित लागूऔषध ९९ एम्पुल डाईजेपाम, ९९ एम्पुल फेनारगन र ९९ एम्पुल नाम खुल्न नसकेको लागूऔषध जस्तो देखिने पदार्थ सहित दमक नगरपालिका-५ घर भई हाल शिवसतासी नगरपालिका-९ बस्ने २२ वर्षीय निगम लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मे.६ प ७५६९ नम्बरको स्कुटरमा सवार उनलाई ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित अटल पेट्रोल पम्पबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र १ बोतल डाइलेक्स डिसी सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय विमल भुजेल र सोही उपमहानगरपालिका-१५ बस्ने ४१ वर्षीय आइतराज लिम्वु रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस