• २०८३ बैशाख २६ गते शनिवार

क्यानडामा अत्यधिक गर्मीका कारण ६० जना बढीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, एजेन्सी । अत्यधिक गर्मीका कारण क्यानडामा ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसीका अनुसार क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि अत्यधिक तापक्रम बढ्दा ६० बढी मानिसको मृत्यु भएको हो।

मृत्यु हुनेमा ज्येष्ठ नागरिक धेरै भएको समाचारमा जनाइएको छ। ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन।

Sharing

प्रतिक्रिया दिनुहोस