असार १६, चितवन । गाडीको ठक्करबाट चितवनको भरतपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ४९२३ नम्बरको गाडीले भरतपुर-१० स्थित बाइपास रोडमा पैदल यात्री भरतपुर-१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय बसन्तबहादुर लिम्बुलाई बुधबार बिहान ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका लिम्बुलाई भरतपुर अस्पताल पुर्याइएको र उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। दुर्घटनापछि फरार रहेका चालकलाई केही समयपछि केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।